डाबर नेपालद्वारा भाटिका नेचुरल स्याम्पू सार्वजनिक

काठमाडौं । फाल्गुन २५, डाबर नेपालले डाबर भाटिका नेचुरल स्याम्पू सार्वजनिक गरेको छ ।
ब्राण्ड एम्बेस्डर स्वस्तिमा खड्का तथा डाबर नेपालका व्यापार प्रमुख एच्। एस्। बेदी, मार्केटिङ प्रमुख अभय गोर्खाली र ब्रान्ड प्रबन्धक सलीना शर्माले उक्त उत्पादन संयूक्त रुपमा सार्वजनिक गरे ।
डाबर नेपालले नेपाली स्याम्पू बजारमा आफ्नो उपस्थिति जनाउँदै नेपाली उपभोक्ताहरुलाई उच्च गुणस्तरीय भाटिका स्याम्पू उपलब्ध गराएको छ । डाबर भाटिका नेचुरल स्याम्पू तीन वटा भेरियन्टमा पाइने कम्पनीले जनाएको छ ।