नेकपा एसका मन्त्रीहरुलाई फिर्ता बोलाउन दबाब, आत्मसमीक्षा गर्न अध्यक्ष नेपालको निर्देशन

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २८,नेकपा एकीकृत समाजवादी ९एस० पार्टीको केन्द्रीय कमिटी बैठकमा सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने आवाज उठेको छ । तेस्रो केन्द्रीय कमिटी बैठकमा मन्त्रीहरूको कार्यशैलीको आलोचना गर्दै केही केन्द्रीय सदस्यहरुले मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउनु पर्ने बताएका हुन् ।

sf7df8f}F, @% kmfu’gM
PsLs[t ;dfhjfbLsf] s]Gb|Lo sld6L a}7s
g]kfn sDo’lgi6 kf6L{ -PsLs[t ;dfhjfbL_sf] /fhwfgLdf a’waf/ a;]sf] s]Gb|Lo sld6Lsf] t];|f] k”0f{ a}7s . tl:a/M gjLg kf}8]n÷/f;;
खासगरी राजधानीमा बुधबार र बिहीबार बसेको बैठकमा सदस्यहरूले पार्टीबाट सरकारमा सहभागी सदस्यहरू ९मन्त्री० ले पर्याप्त काम गर्न नसकेको भन्दै आलोचना गर्दै त्यस्ता मन्त्रीहरुलाई फिर्ता बोलाउनुपर्ने बताएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाक्रीको आलोचना भएको थियो । स्वास्थ्य मन्त्रीले सोचेजस्तो काम गर्न नसकेको, प्रेम आलेले सरकारी नियुक्तिमा गडबड गरेको, वायुसेवा निगम र अन्य निकायमा गरिएको नियुक्ति बदर गर्नुपर्ने तथा झाँक्रीले अनुगमनको नाममा आफूलाई हिरोइज्म बनाउन खोजेको आरोप लगाएका थिए ।

 

प्रकाशित : 12 March, 2022

प्रतिक्रिया दिनुहोस्