नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश प्रसाद थानी नियुक्त गर्ने सरकारको निर्णय

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २९, नेपाल आयल निगमको कार्यकारी निर्देशकमा विरेन्द्रनगर सुर्खेतका उमेशप्रसाद थानी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो नम्बरमा सिफारिस भएका थानीलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।


थानी यसअघि नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य थिए । यस्तै उनी नेपाली कांग्रेस निकट सेन्ट्रल फर डेमोक्रेटिक इन्जिनियरिङ नेपाल ९सिडेन० का अध्यक्ष पनि हुन् ।

कार्यकारी निर्देशक छनोट समितिको बैठकले पहिलो नम्बरमा भिमसेनथापा एक गोरखाका चण्डिकाप्रसाद भट्ट, दोस्रो नम्बरमा आठराइ दुई तेह्रथुमका जीवनप्रकाश सिटौला र तेसो नम्बरमा थानीको नाम कार्यकारी निर्देशक नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस भएको थियो ।

प्रकाशित : 13 March, 2022

प्रतिक्रिया दिनुहोस्