श्रीमद्भागवतमहापुराणको लिखित सहस्रगीति विमोचन गर्दै पंण्डित सापकोटा

काठमाडौं । फाल्गुन २९,ज्योतिष पण्डित वामन सापकोटाद्वारा लिखित सहस्रगीति श्रीमद्भागवतमहापुराणको विमोचन गरिएको छ।
म्याग्दी जिल्लाको धार्मिक पर्यटकीय नगरी बेनी नगरपालिका १ मा आयोजित रत्नेचौर धार्मिक महोत्सवको अवसरमा सो धार्मिक पुस्तक विमोचन गरिएको हो ।
बागलुङ नगरपालिका वडा नम्बर ३ रातमाटा निवासी ज्योतिष पण्डित सापकोटा द्वारा लिखित महापुराणको अनन्तश्रीविभूषित त्रिदण्डी श्रीपराङ्कुशाचार्य स्वामी, अनन्तश्रीविभूषित श्रीनारायणाचार्य स्वामी , अनन्तश्रीविभूषित जगद्गुरु स्वामी हिमालय बाबा जी, अनन्तश्रीविभूषित डाक्टर चक्रपाणि स्वामी ,अनन्तश्रीविभूषित लक्ष्मणाचार्य स्वामी , जानकी मेडिकल कलेज जनकपुरधामका प्रमुख डाक्टर राम प्रसाद उप्रेती, साझा एकीकृत शक्ति नेपालका पदम पाण्डे र बालअभियन्ता प्रेन्सा रेग्मीले संयुक्तरुपमा विमोचन गर्नुभएको थियो।
१८ हजार श्लोक भएको अद्भुत ग्रन्थ श्रीमद्भागवतमहापुराणलाई सापकोटाज्यूले समस्त शास्त्रहरूको निचोड सहित १ हजार श्लोकमा महापुराणहरूको सार वस्तु समावेश गरी प्रकाशित गर्नुभएको छ। आम सर्वसाधारण मानवहरूले पनि सजिलै नेपाली भाषामा बुझ्नेगरी पुस्तक प्रकाशन गरिएको पण्डित वामन सापकोटाले बताउनु भयो ।
मानिसलाई सहि बाटोमा हिड्न र हिडाउनका लागि श्रीमद्भागवतमहापुराण जस्तो पुस्तक फलदायी हुने हुँदा यस्तो पुस्तक अध्ययन गर्नुपर्ने पुस्तक विमोचनका अवसरमा बोल्ने बक्ताहरूले बताएका थिए ।
ज्योतिष पण्डित वामन सापकोटाले लेख्नु भएको सहस्रगीति श्रीमद्भागवतमहापुराणकोे प्रकाशक राजकुमार उपाध्यायज्यू रहनु भएको छ।
४५८ पृष्ठ रहेको पुस्तको मुल्य भने जम्मा ८५० तोकिएको छ । सापकोटाज्यूले विगत केही बर्षदेखी सस्कृत क्षेत्रमा अनुसन्धान गर्दै भिविन्न पुस्तकहरु लेख्दै आउनु भएको छ ।