एमसीसीबारे जनतामा रहेको भ्रम चिर्छौंःमहामन्त्री शर्मा

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २९, सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियानमा होमिएको छ । ३० वैशाख २०७९ का लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले आज आइतबारदेखि एक महिनासम्म अभियान चलाउनेछ ।

 

देशभरका वडा तहसम्म हुने अभियानका लागि केन्द्रीय प्रतिनिधिहरू जिल्ला(जिल्ला पुगिसकेका छन् । अभियानका क्रममा चुनावी माहोल बनाउनुका साथै जनताका कुरा पनि सुन्ने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन् ।
कांग्रेस जनताकै बीचमा थियो । कोरोना कालमा सरकारलाई आर्थिक सहयोग बुझाउन कांग्रेस गयो, जनताकै बीचमा भएर नै पैसा बुझाउन गएको हो । देशभर प्रतिनिधि पठाएर सचेतनाको कार्य गर्दा कांग्रेस जनताकै बीचमा थियो । संसद विघटन विरुद्ध दबाव सिर्जना गर्न गाउँ(गाउँमा प्रदर्शन गर्दा जनताकै बीचमा थियौं । त्यसकारण जनताका बीचमा जाँदा किनरकुन बेला भन्ने हुँदैन । जनताको घर(घर जाऔं भनी दिनहुँ त गइएको हुँदैन । जनतालाई समस्या पर्दा, सेवा गर्न वा आफ्ना विषय राख्न त कांग्रेस जनताकहाँ गइरहेको हुन्छ ।

चुनाव घोषणा भएको, उम्मेदवार तय भइनसकेको समयको यो अभियान केका लागि त रु

अभियानको मुख्य उद्देश्य चुनावी माहोल बनाउने हो । कांग्रेसलाई भोट दिएर जिताऔं भन्ने प्रचार छैन, ‘निर्वाचनमा सहभागी बन्न मतदातालाई अपील गर्ने’ भन्ने छ । मतदातालाई मत दिन पाउने आफ्नो अधिकारको उपयोग गर्नुुस् भनिएको छ । भोट हाल्ने अधिकार सुनाइसकेपछि कांग्रेसलाई मत दिन अपील गर्छौं ।

चुनावमा पनि हामी निर्वाचन आचारसंहिताभित्र रहेर मर्यादित तरिकाले प्रतिस्पर्धा गर्छौं । जसरी पनि चुनाव जित्ने भनेर कांग्रेसले अभिव्यक्ति दिंदैन । स्वस्थ प्रतिस्पर्धा गर्न पार्टी पङ्तिलाई भन्छौं, अरूलाई पनि त्यही अपील गर्छौं । यही अभियानका लागि पठाइने केन्द्रीय प्रतिनिधिहरूले केके गर्ने भन्नेबारे छलफल गर्न बोलाइएको बैठकमै हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाले भन्नुभएको छ, ‘गठबन्धनका सहयात्रीको मित्रवत् सम्बन्ध त छँदैछ, विपक्षी दललाई पनि गाली नगर्नुस् । आलोचना गर्नु, कमी(कमजोरीमा प्रहार गर्नु स्वाभाविक छ । तर गाली गर्ने काम चाहिं गर्दै नगर्नुस् ।’

कांग्रेसको सभापति प्रधानमन्त्री हुँदा मित्रवत् व्यवहार गर भन्नुहुन्छ । कुनै बेला देशको प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । उहाँले विपक्षीमाथि अरिंगाल भएर जाइलाग भन्नुहुन्थ्यो । कांग्रेस र एमालेमा यही फरक छ । हामी जिम्मेवार ढंगले प्रस्तुत हुन्छौं, मतदानमा सहभागी हुन जनतालाई अपील गर्छौं, उहाँहरूको कुरा सुन्छौं र त्यसअनुसार घोषणापत्र बनाएर फेरि जनतामै जान्छौं ।

केन्द्रीय प्रतिनिधिका रूपमा केन्द्रीय सदस्यहरू त खटाइएको छ तर त्यो सूचीमा शीर्ष तहका नेताहरू पनि हुनुहुन्छ । उहाँहरू अभियानमा जिल्ला नपठाउनुको कारण रु

अभियानका क्रममा भिन्नभिन्न जिल्लामा शीर्ष तहका नेताहरू पनि जान्छौं, पदाधिकारीहरू पनि जान्छौं ।

तर ७र१० दिन जिल्लामै बस्ने गरी पदाधिकारीहरूलाई किन पठाइएन भने भ्रातृ संस्थाहरू गठन गर्नुपर्नेछ । यसका लागि पदाधिकारी र कार्यसम्पादन समिति लाग्नुपर्छ । संसद चलिरहेकाले सांसदहरूलाई पनि प्रतिनिधिका रूपमा खटाएनौं । स्थानीय तहका प्रमुखहरू पनि पार्टीको केन्द्रीय कार्यसमितिमा हुनुहुन्छ । उहाँहरूलाई पनि खटाएका छैनौंं, किनकि आफ्नै क्षेत्रमा खटिनुपर्छ ।

भ्रातृ संगठनका सबै कमिटीहरू भंग गर्ने, अनि अभियान चलाउने अलि नमिल्दो भएन र रु

भ्रातृ र शुभेच्छुक संस्थाको हकमा के गर्ने भन्ने योजना छ । केही भ्रातृ संस्थाहरूको केन्द्रीय कार्यसमिति रिक्त छ, ती भ्रातृ संस्थाअन्तर्गतका साथीहरू कांग्रेसका विभिन्न संरचनाको समन्वयमा परिचालित हुने निर्णय गरेका छौं । नेविसंघको कुनै कार्यकर्तालाई आफ्नो कार्यसमिति छैन भन्ने नपरोस् भनी पार्टी सजग भएर नै यो निर्णय गरिएको हो । गठन हुन बाँकी भ्रातृ संस्थाहरू छिट्टै टुंग्याउँछौं । भ्रातृ संस्थामा आबद्धलाई परिचालित हुन समस्या हुने छैन ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० बारे भ्रम चिर्ने पनि भनिएको छ, यो भनेको के हो रु

एमसीसी सम्झौता अनुमोदन र त्यसको कार्यान्वयन यसकारण जरूरी थियो भनेर हामी भन्छौं । मान्छे निर्यात गरेर आएको रेमिट्यान्सले ढुकुटी बढाउने या नेपालले बिजुली उत्पादन गरेर ढुकुटी बढाउने रु बिजुलीको व्यापार गर्नुपर्छ भन्नेमा सबै राजनीतिक दल सहमत भएका हुन् । र, एक दशकसम्म जो(जो प्रधानमन्त्री भए, सबैको पालामा प्रक्रिया अघि बढेर यहाँसम्म आएको हो ।

प्रकाशित : 13 March, 2022

प्रतिक्रिया दिनुहोस्