१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता चैत पहिलो साता बाट

काठमाडौं । फाल्गुन ३०, यू १९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता चैत पहिलो साताबाट सुरू हुने भएको छ।
नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिता ६ चैतदेखि ११ चैतसम्म सञ्चालन हुने जानकारी दिएको हो।
क्यानका अनुसार प्रतियोगिता सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ।प्रतियोगितामा सात प्रदेशका ७ टोलीको सहभागिता रहनेछ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। ग्रुप ए मा सुदूरपश्चिम, कर्णाली,लुम्बिनी र बागमती प्रदेश छन् भने ग्रुप बी मा मधेस, गण्डकी र प्रदेश १ छन्।
समूहको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने क्यानले जनाएको छ। प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच चैत ६ गते प्रतिस्पर्धा हुनेछ।