त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट हटाइयो हेल्थ डेस्क

सहयात्रा टिभी

काठमाडौं । चैत १, विमानस्थलमा रहेको स्वास्थ्य मन्त्रालयको हेल्थ डेस्कका प्रमुख गोपाल पाण्डेका अनुसार, फागुन अन्तिम सातादेखि विमानस्थलमा कोरोना जाँचेको पीसीआर रिपोर्टमा ‘भेरिफाइड’ लेखिएको छाप लगाइँदैन ।

 

अब नेपालबाट विदेशिने यात्रुहरुलाई ती मुलुकको स्वास्थ्य नियमबारे सम्बन्धित वायुसेवा कम्पनीले जानकारी दिने छन ।

‘मन्त्रिपरिषद्को निर्णयअनुसार, अध्यागमन विभागले गत बिहीबारदेखि त्यसअघि लागू गरिएका कोभिड–१९ सम्बन्धी सूचनाहरु खारेज गर्‍यो,’ पाण्डेले कान्तिपुरसँग भने, ‘अब यात्रुहरुसँग पीसीआर रिपोर्ट भए नभएको, बारकोडसहितको खोप कार्ड वायुसेवा कम्पनीले नै चाहिने नचाहिने भनिदिनुपर्ने छ ।

यो नियम आउनुअघि प्रहरीलाई चेक(इन काउन्टरमा पस्दै गर्दा यात्रुले ४२ घन्टाअघिको पीसीआर रिपोर्ट, बारकोडसहितको खोपकोर्ड अनिवार्य देखाउनुपर्ने नियम थियो ।

अब वायुसेवाहरूले यात्रुलाई टिकट खरिद गर्दा नै ट्राभल एजेन्सीमार्फत स्वास्थ्य प्रोटोकल भएरनभएको जानकारी दिनुपर्ने छ । त्यसैअनुसार, कुनै प्रोटोकल भइहालेमा यात्रुले विदेश प्रस्थान गर्नुअघि विमानस्थलमा वायुसेवाका कर्मचारीसँग समन्वय गर्नुपर्ने छ ।

गत साउन अन्तिममा दुबईले विमानस्थल परिसरमै कोरोना जाचेको र्‍यापिड पीसीआर रिपोर्ट चाहिने नियम बनाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा व्यापारी दीपक मलहोत्राले बनाएको आईएमएस एयरपोर्ट सर्भिस भवनमा स्टार हस्पिटल, क्रिस्टल, अल्फा, बिध, सिद्धि, टिजीलगायत एक दर्जन हाराहारी निजी प्रयोगशालाले कोरोना परीक्षण जाँच्ने डेस्क सञ्चालन गरेका थिए ।

यो नियम लागू भएको ७ महिनापछि कोरोना संक्रमण दर नेपालसहित विभिन्न मुलुकमा घटेसँगै त्यहाँ रहेका ५ वटा प्रयोगशालाले चतैदेखि त्यहाबाट सर्ने जानकारी आईएमएस एयरपोर्ट सर्भिसलाई दिइसकेका छन् ।

यसैबीच नेपाल सरकारले पनि विदेशबाट आउने पर्यटक तथा नेपालीलाई क्वारेन्टाइनलगायतका मापदण्ड हटाएको छ । अब विदेशबाट आउनेले कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएको प्रमाणपत्र आवागमन कक्षमा देखाउनुपर्ने छ । खोप नलाएकाले वा खोप कार्ड हराएकाले ७२ घन्टाअघिको कोरोना जाँचको नेगेटिभ रिपोर्ट बुझाउनुपर्ने अध्यागमन विभागले जनाएको छ ।

प्रकाशित : 15 March, 2022

प्रतिक्रिया दिनुहोस्