एनएमबि बैंकको नयाँ योजनाः अनलाइनबाटै लिन सकिन्छ यस्तो सुबिधा

सहयात्रा टिभी

काठमाडौं । चैत ३, एनएमबि बैंकले भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासंगै देश वा विदेशमै बसी डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाईनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ ।

अब ग्राहकहरूले बैंकमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सक्दछन् ।

बैंकले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको शुरुवात गर्न लागेको जनाएको छ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधि भन्दा माथी उठेर बैंकसम्म नआईकनै बैंकिङ गतिविधिहरु संचालन गर्न सक्दछन् ।

‘हालको परिवेशमा यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी सहज ढंगले, पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ सेवा प्रदान गर्दछ । यस बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङका सदस्यको नाताले बैंकको वातावरण मैत्री बैंकिङप्रति पूर्ण प्रतिबद्धतालाई यस्तो प्रकारको सेवाले परिपुर्ति गर्नु रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : 17 March, 2022

प्रतिक्रिया दिनुहोस्