मधेशमा आज होली पर्व मनाईंदै

काठमाडौं । चैत ४, मधेस क्षेत्रमा आज होली पर्व मनाईंदैछ ।
हिजो पहाडी जिल्लाहरुमा होली अर्थात फागु पर्व मनाइएको थियो । सामुहिक रुपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । होली पर्व आपसी सद्भाव, भातृत्व र आत्मीयताको प्रतिक मानिन्छ ।
होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रमहरु गरेर समेत खुसी साटासाट गर्ने गरिन्छ । पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागु पूर्णिमा आज तराईमा होलीको नामबाट मनाइँदै छ ।