कुलेश्वरमा मारवाडी समितिले यसरी मनायो होली

काठमाडौं । चैत ४, काठमाडौंको कुलेश्वर हाइटमा रहेको मैदानमा शुक्रबार मारवाडी समुदायले होली पर्व मनाएको छ ।
बिहीबार पहाडी भेगमा मनाइएको होली पर्व तराईमा आज मनाउने गरिन्छ ।
काठमाडौंमा बसोबास गर्दै आएका तराई र भारतबाट आएकाहरुले आज होली मनाएका छन् ।