युक्रेन भन्छः हाम्रो जवाफी कारवाहीमा १४ हजार २ सय रुसी सैनिक मारिए

काठमाडौं । चैत ४, रुसले युक्रेनमा आक्रमण थालेको २३ दिन पुगेको छ।
सो क्रममा आफ्नो जवाफी कारवाहीमा १४ हजार २ सय रुसी सेनाको ज्यान गएको युक्रेनले दाबी गरेको छ।
युक्रेनको रक्षा मन्त्रालयले १४ हजारभन्दा बढी रुसी सेना मारिएको आधिकारिक फेसबुक पेजमा दाबी गरेको हो। यसअघि गत मार्च ३ मा रुसले आफ्ना ४९८ सेना मारिएको जानकारी दिएको थियो।
त्यसयता रुसी पक्षबाट हताहतीको जानकारी आएको छैन। तर अमेरिकी अधिकारीहरुले बिहीबार मात्र रुसका ७ हजार सेनाको ज्यान गएको जनाएको थियो। अन्य १४ हजार सेना घाइते भएको अमेरिकी भनाइ छ।
सो क्रममा युक्रेनले रुसका ४५० ट्यांक, ९३ युद्धक विमान, ११२ हेलिकप्टर र ४३ एन्टी–एअरक्राफ्ट प्रणाली ध्वस्त बनाएको दाबी गरेको छ।