शालिमार सिमेन्टलाई ४३ र ५३ ग्रेडको मान्यता

सहयात्रा टिभी

काठमाडौं । चैत ८, शालिमार सिमेन्टले ४३ र ५३ ग्रेडेको मान्यता पाएको छ ।


आर्थिक मेरुदण्डको रुपमा परिचित बाराको गढीमाई नगरपालिकाको पिपरामा रहेको शालिमार सिमेन्टले भीआरएम प्रविधिद्वारा ४३ र ५३ ग्रेडको सिमेन्टको उत्पादन तथा वितरण गर्ने जनाएको छ ।
ओपीसी, पीपीसी र पीएसी गरी वार्षिक १ करोड बोरा सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले ४३ र ५३ ग्रेडको गुणस्तर पाएसँगै उत्पादन क्षमतामा वृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।

उच्च गुणस्तर क्लिंकरको प्रयोगबाट उत्पादन हुने शालिमारले ग्राहकको विस्वास जित्नेमा आशावादी रहेको कम्पनीले विज्ञप्ति जारी गरेर जनाएको छ ।

प्रकाशित : 22 March, 2022

प्रतिक्रिया दिनुहोस्