आवेदन दिएकै साता लाइसेन्स परीक्षा दिन पाउने व्यवस्था गरिँदै

सहयात्रा टिभी

काठमाडौं । चैत ९, यातायात व्यवस्था विभाग, काठमाडौंले चालक अनुमति पत्र लाइसेन्स परीक्षाका लागि आवेदन दिएको एक हप्ताभित्र परीक्षा हुने व्यवस्था गर्ने तयारी गरेको छ।

अहिले परेको आवेदनको परीक्षा लिइसकेपछि यस्तो व्यवस्था गरिने विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए।

आवेदन दिनेको चाप अत्यधिक भएको भन्दै विभागले केही दिनअघि सूचना प्रकाशित गरी अनिश्चितकालका लागि आवेदन प्रणाली बन्द भएको जानकारी गराएको छ।

विभागका अनुसार हाल लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको छ। यो परेको आवेदन आगामी जेठ १६ गतेभित्र सक्ने गरी विभागले तयारी गरिरहेको सूचना अधिकारी भुसाल बताउँछन्।

प्रकाशित : 23 March, 2022

प्रतिक्रिया दिनुहोस्