चीनले निर्यातमा गरेको प्रतिबन्धबारे नेपाल बोल्न सक्नुपर्छ’

काठमाडौं । चैत १०, विश्वविद्यालयका प्राध्यापक विजयकान्त कर्ण डेनमार्कका लागि पूर्वनेपाली राजदूत हुन्।
राजनीति र कूटनीति क्षेत्रमा खरो विश्लेषण गर्ने कर्णसँग आसन्न चिनियाँ विदेश मन्त्रीको भ्रमण, नेपाल(चीन सम्बन्ध र नेपालले उठाउँनुपर्ने विषयमा गरिएको कुराकानी। खबरहब सहकर्मी लक्ष्मण फुयालले गरेको कुराकानीको सम्पादित अंश स्
चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणलाई कसरी हेर्नुभएको छ रु
भ्रमणलाई मैलै सकारात्मक रुपमा हेरेको छु। नेपाल र चीन छिमेकी देश हुन। यस सन्दर्भमा त्यहाँ वरिष्ठ नेताको र मन्त्रीको भ्रमण नेपालको लागि राम्रो हो। यो भ्रमण जुन सन्दर्भ र अवस्था हुन गइरहेको छ
त्यो आफैमा महत्वपूर्ण छ। केही दिनदेखि नेपाल र चीनको सम्बन्धमा केही समस्या देखिएका छन्।
नेपालले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सँगको सम्झौताको बारेमा चिनियाँ नेताहरू र चिनियाँ सरकारको गतिविधिले प्रत्यक्ष अन्तर्राष्ट्रिय सम्बन्धलाई नै प्रभावित पार्न खोजेको देखियो।
त्यो गतिविधिलाई नेपालका आन्तरिक राजनीतिक दललाई प्रयोग गरेर नेपालको आन्तरिक मामलामा हस्तक्षेपको रुपमा बुझ्नुपर्छ।
यसै परिवेशमा चीनका विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ, उहाँले नेपाललाई आगामी दिनमा यस्तो हुनेवाला छैन भनी हामीलाई विश्वस्त तुल्याउनसक्नुभयो भने यो धेरै राम्रो उपलब्धि हुनेछ।