स्थानीय तहमा निःशुल्क इन्टरनेट

सहयात्रा टिभी

काठमाडौं। चैत १३, देशैभर ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने परियोजना सम्पन्न हुने चरणमा पुगेको छ ।

परियोजनाअन्तर्गत ७०६ स्थानीय तहमा इन्टरनेट पु(याउने लक्ष्य रहेकामा फागुनमा उक्त काम पूरा भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

अब ३४ वडा कार्यालयमा मात्र इन्टरनेट जडान बाँकी छ । हालसम्म पाँच हजार ८९९ वडा कार्यालयमा यस्तो इन्टरनेट जडान भइसकेको प्राधिकरणले जनाएको छ ।

यसरी जडान गरिएको इन्टरनेट कार्यालयसहित सबै तोकिएका स्थानमा दुई वर्षसम्म निःशुल्क उपयोग गर्न पाउने सुविधा छ । प्राधिकरणका अनुसार तोकिएका स्थानीय तहअन्तर्गतका सबै स्वास्थ्य संस्था र माध्यमिक विद्यालयमा इन्टरनेट जडान सम्पन्न भइसकेको छ ।

 

प्रकाशित : 27 March, 2022

प्रतिक्रिया दिनुहोस्