पहिलो दिनमै संसार भर धेरै आम्दानी गर्ने फिल्म बन्यो ‘आरआरआर’

सहयात्रा टिभी

काठमाडौं। चैत १३,दक्षिण भारतीय फिल्म निर्देशक एसएस राजमौली निर्देशित फिल्म ‘आरआरआर’ शुक्रबारबाट प्रदर्शनमा आएको छ।

फिल्म प्रदर्शनमा आएसँगै फिल्मले हालसम्म बनेका विभिन्न रेडर्कहरुलाई तोडेको छ।

तमिल, तेलगुसँगै हिन्दीलगायतका विभिन्न भाषामा प्रदर्शनमा आएको फिल्मले पहिलो दिनको प्रदर्शनबाट विश्वभर बाट २२७ करोड भारतीय रुपैयाँ ९३ अर्ब ६३ करोेड ५९ लाख नेपाली रुपैयाँभन्दा धेरैको आम्दानी गरेको छ।

फिल्मले शुक्रबारको प्रदर्शनबाट भारतको आन्द्रप्रदेश र अन्य तमिल राज्यमा मात्रै १२० करोड भारतीय रुपैयाँ १ अर्ब ९२ करोड २० लाख नेपाली रुपैयाँभन्दा धेरै०को व्यापार गरेको छ।

त्यस्तै, भारत बाहिरको प्रदर्शनबाट फिल्मले करोडौंको आम्दानी गरेको छ। भारतीय सञ्चारमाध्यमकाअनुसार फिल्मलअन्य देशको प्रदर्शनबाट ७८ करोड भारतीय रुपैयाँ ९१ अर्ब २४ करोड नेपाली रुपैयाँभन्दा धेरैको आम्दानी गरेको छ।

त्यस्तै, भारतमा फिल्मको हिन्दी भर्जनले २५ करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको छ। भारतको कर्नाटक क्षेत्रमा १६.४८ करोड, तमिलनाडु क्षेत्रमा १२.७३ करोड र केरला क्षेत्रमा ४.३६ करोडको व्यापार फिल्मले गरेको छ।

 

प्रकाशित : 27 March, 2022

प्रतिक्रिया दिनुहोस्