मलेसियाले पीएनजीलाई दियो १८१ रनको लक्ष्य

सहयात्रा टिभी

काठमाडौं। चैत १५, त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा मलेसियाले पपुवा न्यु गिनी पीएनजीलाई १८१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १८० रन बनाएको हो।

मलेसियाका लागि कप्तान अहमद फैज र विरानदीप सिंहले अर्धशतक बनाए। फैजले ३७ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ५६ रन जोडे भने सिंह ५९ रनमा नटआउट रहे। ५२ बलको सामना गरेका उनले २ चौका र २ छक्का हिर्काए। यस्तै सइद अजिजले ४७ रनको योगदान दिए।

बलिङतर्फ पीएनजीका नोरमान भानुले २ र नोसाइना पोखनाले एक विकेट लिए।

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल, पीएनजी र मलेसिया सहभागी छन्। सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा पीएनजी सोमबार नेपालसँग पराजित भएको थियो।

 

प्रकाशित : 29 March, 2022

प्रतिक्रिया दिनुहोस्