४१ औं कथा दिवसमा लघुकथा वाचन र संवाद हुने

काठमाडौं। चैत १६, ४१ औं कथा दिवसका अवसरमा लघुकथा वाचन र संवाद कार्यक्रम हुने भएको छ।
आधुनिक नेपाली कथाका प्रवर्द्धक स्रष्टा गुरूप्रसाद मैनालीको नाममा साहित्यिक पत्रकार संघद्वारा वि।स २०३८ मा स्थापित ‘मैनाली कथा पुरस्कार’ २०३८ सालमा स्थापना गरिएको हो।
हाल यस पुरस्कारको रकम एकलाख एक हजार एक सय एघार रहेको छ। साहित्यिक पत्रकार संघले ०३८ सालदेखि प्रत्येक वर्ष चैत १९ गतेलाई कथा दिवसका रुपमा मनाउदै आएको हो।
यो पटक पनि संघले चै १९ गते कथा दिवसका अवसरमा लघुकथा वाचन र संवाद कार्यक्रमको आयोजना गर्ने भएको छ।
हालसम्म मैनाली कथा पुरस्कारबाट भाउपन्थी, मनु बाज्राकी, जगदीश शर्मा, माया ठकुरी, कुमार ज्ञवाली, विश्वभ्भर चञ्चल, जगदीश घिमिरे, प्रेमा शाह, खगेन्द्र संग्रौला, पदमावती सिंह, भागिरथी श्रेष्ठ, सनत रेग्मी, सन्तोष भट्टराई, मुरारी अधिकारी, राजव, इन्दिरा प्रसाई, ध्रुव सापकोटा, नगेन्द्रराज शर्मा, नारायण ढकाल, माधव भण्डारी, गोविन्द गिरी प्रेरणा, गोपाल पराजुली, मुरारी अधिकारी ख, महेश विक्रम शाह, किशोर पहाडी, इस्माली, अविनाश श्रेष्ठ, डा राजेन्द्र विमल, विन्द्या सुब्बालगायतका स्रष्टाहरू सम्मानित भइसकेका छन्।