केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सर्वोच्चमा माधव नेपाल पक्षले गरेको सुनुवाइ स्थगितको माग अस्वीकार

सहयात्रा टिभी

काठमाडौं। चैत २०, माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने मागसहित नेकपा एमालेले दिएको रिटमा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

माधव नेपालसहितका सांसदको पक्षबाट उक्त रिटमाथिको सुनुवाइ रोक्न दिइएको निवेदन न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीले अस्वीकार गरेको छ । माधवकुमार नेपालसहितका सांसदको तर्फबाट आइतबारको सुनुवाइ रोक्न माग गर्दै अमर राउतले इजलाससमक्ष निवेदन दिएका थिए ।

तर सो निवेदनको आधारमा इजलासले सुनुवाइ रोक्न अस्वीकार गरेको एक कानुन व्यवसायीले जानकारी दिए । न्यायायाधीश सिन्हा र नहकुल सुवेदीको इजलासमा उक्त रिट चौथो नम्बरमा परेको छ ।

यसअघि २९ फागुनमा यस मुद्दा आइतबार पूर्ण सुनुवाइमा पेश गर्ने आदेश भएको थियो । नेकपा एमालेले नेकपा एकीकृत समाजवादी पार्टी गठन नहुँदै माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो ।

प्रकाशित : 3 April, 2022

प्रतिक्रिया दिनुहोस्