ग्रामी जित्ने पहिलो पाकिस्तानी महिला बनिन् अरुज

काठमाडौं। चैत २१, पाकिस्तानी गायिका अरुज आफताबले सन् २०२२ को ग्रामी अवार्डमा आफ्नो गीत ‘मोहब्बत’ का लागि बेस्ट ग्लोबल म्युजि परफर्मेन्स अवार्ड हात पारेकी छन् ।
यो उनको करियरको पहिलो ग्रामी अवार्ड हो । अरुज आफताब ग्रामीका लागि मनोनीत हुने पहिलो पाकिस्तानी महिला पनि हुन् ।
आरुज आफताबलाई उत्कृष्ट नयाँ कालाकारका लागि पनि मनोनीत गरिएको थियो ।
अवार्ड लिँदै भनिन्, ‘मैले यो गीत ती सबै चीजका लागि बनाएको हुँ जसले मलाई तोडे र फेरि जोडे । यसलाई सुन्न र आफ्नो बनाउनका लागि धन्यवाद ।’ यस श्रेणीमा एंजेलिक किडजू र बर्ना ब्वाय, फेमी कोटी, यूयूमा र विजकेड फुट टीम पनि मनोनयनमा परेका थिए ।