कांग्रेसको टिकट सिफारिसबारे छलफल हुँदा कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते

सहयात्रा टिभी

काठमाडौं। चैत २३, धादिङको खनियाबास गाउँपालिका–३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको छ ।

नेपाली कांग्रेसबाट वडाध्यक्षको टिकट सिफारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापति समेत रहेका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको हो ।

कांग्रेसका कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोप लगाए ।

पाख्रिन र अध्यक्ष तामाङबीच टिकटका विषयमा विवाद भएको बताइएको छ । घाइते तामाङको सत्यदेवी स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।

आरोपित पाख्रिनलाई मंगलवार राति दार्खा प्रहरी चौकीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

 

प्रकाशित : 6 April, 2022

प्रतिक्रिया दिनुहोस्