एमाले अध्यक्ष ओली चुनावी दौडधुपमा

काठमाडौं। चैत २४, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ध्यान मधेसमा दिन थालेका छन्।
मधेस प्रदेशमा एमालेको संगठन कमजोर देखिएको अवस्थामा उनले पार्टीको ध्यानमा मधेस प्रदेशमा लगाए।
स्थानीय तहको निर्वाचन नजिक आएसँगै ओली मधेसको केन्द्र रहेको पर्सामा मात्रै दुईपटक पुगिसकेका छन्। एमालेले मधेसमा आफ्नो सम्बन्ध सुधार गर्न चाहेकै कारण उनी पटकपटक मधेस जान थालेको मधेसको राजनीतिमा जानकार राख्ने मधेस विज्ञहरूले बताएका छन्।
अघिल्लोपटक एमालेको विपक्षमा माहोल भएका कारण मधेसमा एमालेलाई कठिन भएको तथा अहिले चाहिँ ओलीलाई सहज भएका कारण पनि उनी पटकपटक मधेस झरेका हुन्।
‘जतिबेला एमालेलाई अप्ठेरो थियो त्यतिबेला एमालेका नेताहरूले मधेसवादी दलहरूलाई सरकारमा ल्याए, त्यसको परिणाम मधेसका नेताहरूले नै ओलीलाई स्विकारेर नेता मान्न थालेपछि कार्यकर्ताहरूले पनि ओलीलाई स्वीकार गरेको देखिन्छ ।
मधेसमा आफ्नो प्रभाव देखाउन र सन्तुलन कायम गर्न पनि पटकपटक एमाले अध्यक्ष मधेसका कार्यक्रममा सहभागी भएका हुन्। एमाले अध्यक्ष ओलीले मधेसमा क्रियाशील दलका नेता कार्यकर्तालाई पार्टीमा ल्याउन पार्टीको सम्पूर्ण शक्ति खर्च गरिरहेका छन्।
सत्तारुढ दलहरूले एमालेविरुद्ध गठबन्धन गरिरहँदा मधेसमै क्रियाशील रहेका दलसँग सहकार्य वा पार्टीमा ल्याउने काममा लागेका छन्।
मधेससँगै एमाले अध्यक्ष ओलीले चुनाव केन्द्रित कार्यक्रम र सभाहरूलाई सम्बोधन गर्न थालेका छन्। नागरिक दैनिकबाट