रुसी हमलाले युक्रेनको बोरोद्‍यान्का सहरको अवस्था निकै भयानक भएको जेलेन्स्कीको दावी

सहयात्रा टिभी

काठमाडौं। चैत २५, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो नयाँ फेसबुक पेजामा बोरोद्यान्का सहरको अवस्था बुचाकोभन्दा भयानक भएको दावी गरेका छन्।

जेलेन्स्कीले भने, बोरोद्यान्काका अहिले भत्किएका भवनहरूको खोजी गर्दा यहाँको अवस्था झन डरलाग्दो छ र यहाँ रुसी सेनाको अत्याचारबाट पीडित हुनेको संख्या पनि बढी छ।

बुचा र बोरोद्यान्का दुवै सहर किभको बाहिरी भागमा छन्। रुसी आक्रमणपछि यी ठाउँमा भीषण युद्ध भइरहेको छ ।

युक्रेनका अभियोजक जनरलका अनुसार बोरोद्यान्काका दुईवटा भवनको भग्नावशेषबाट २६ जनाको शव निकालिएको छ । इरिना भेनेडिक्टोभाले रुसले जानाजानी आवासीय क्षेत्रलाई निशाना बनाएको आरोप लगाएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यहाँ कुनै सैन्य आधार छैन। रुसी सेनाले साँझ आवासीय भवनहरूमा आक्रमण गरे, सो समय अधिकांश मानिसहरू आफ्नो घरमा थिए।

प्रकाशित : 8 April, 2022

प्रतिक्रिया दिनुहोस्