सनराइज बैंकको दुई शाखारहित बैंकिङ सेवा सुरु

सहयात्रा टिभी

काठमाडौं। चैत २५, सनराइज बैंकले प्रदेश ५ र ४ मा शाखारहित बैंकिङ सेवा सुरु गेरेकोे छ ।

बैंकले सेवा सञ्चालनका लागि गेरुवाका पुरन धामी र बिरुवाटारकी हीरा सुनारलाई व्यावसायिक प्रतिनिधिका रूपमा नियुक्त गरेको छ ।

बैंकले प्रदेश ५, बर्दिया जिल्लाको गेरुवा शान्तिबजारमा ८८औँ र गोरखा जिल्लाको पालुङटार बिरुवाटारमा ८९औँ शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

सो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध गराइने बताएको छ ।

प्रकाशित : 8 April, 2022

प्रतिक्रिया दिनुहोस्