गठबन्धन अलमलमा, एमाले उम्मेदवार छनोटमा

काठमाडौं। चैत २७,वडा तहदेखि नै उम्मेदवार छनोटमा एमाले अगाडि छ ।
भने सत्तारुढ दल अझै अनिर्णीतपाँचदलीय गठबन्धन एमालेको गढ मानिएको क्षेत्रमा साझा उमेदवार उठाएर उसको विरासत भत्काउने रणनीतिमा अग्रसर देखिन्छ ।
हेटौंडा स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू उम्मेदवार छनोट गर्नमा व्यस्त छन् । एमालेले वडातहदेखि नै उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएको छ ।
सत्तारूढ दलबीच गठबन्धनको अन्योलताले उम्मेदवार छनोट प्रक्रिया नै अलमलमा परेको छ । सत्तारूढ दलबीच गठबन्धनबारे केन्द्रीय तहमा निर्णय नहुँदा जिल्लामा दलहरू अनिर्णीत भएका छन् ।
उनीहरूले उम्मेदवार छनोटको प्रारम्भिक कार्य पनि सुरु गर्न सकेका छैनन् । वाग्मती प्रदेशमा पर्ने काभ्रे, दोलखा, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोकमा एमालेले उम्मेदवारको छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । तर सत्तारूढ दलको गठबन्धन अलमलमा नै छ ।