नेप्सेमा ३० अंकको बृद्धि
काठमाडौं। चैत ३०, लगातार गिरावट आएको नेप्से परिसूचकमा बुधबार दोहोरो अंकको बृद्धि भएको छ । आज ३०.२४ अंकले बढेर नेप्से २४१५.२४ विन्दुमा पुगेको छ ।
नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स ६.९७ अंक, फ्लोट इण्डेक्स २.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१३ अंकले बढेका छन् ।
आज २२९ कम्पनीको २८ हजार ९४५ कित्ता शेयर कारोबार हुदा एक अर्ब ४७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आज कारोबारमा आएको नेस्डो समृद्ध लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।
त्यस्तै आज कारोबारमा आएको युनाइटेड मोदी को शेयर मुल्य सबै भन्दा बढी २.०८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज कारोबारमा आएका सबैको उपसूचकको शेयर मुल्य बढेको छ । आज सबै भन्दा बढी अन्य उपसूचकको मुल्य २.२८ प्रतिशतले बढेको छ भने होटलको १.५८ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा आज शिभम सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको ८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, अरुण भ्यालीको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।