केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाडौं। वैशाख ४,

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
स्वास्थ्यमा कमजोरी र व्यावहारिक कठिनाइ देखा पर्नाले काममा बाधा पुग्न सक्छ। मेहनेतले काममा भने सफलता मिल्नेछ । गोपनियतामा ध्यान दिनुहोला । यात्रा गर्दा ध्यान दिनुहोला । दाम्पत्य जीवन सुखमय रहनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अप्ठ्यारो परिस्थितिलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ला। विवादास्पद काममा जुट्नुपर्दा मन खिन्न रहनेछ। परिबन्धले केही झमेला निम्त्याउन सक्छ। स्वास्थ्य कमजोर रहनाले समयमा चिताएको काम गर्न नसकिएला।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि सकारात्मक परिणामले उत्साह जगाउनेछ। व्यावसायिक काममा राम्रो फाइदा हुनेछ। प्रियजनसँगको मतभेदले रमाइलो परिस्थितिलाई खलबल्याउन सक्छ। स्वास्थ्यमा समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चिताएका काम बन्नाले आम्दानी बढ्नेछ। समय लागे पनि मनग्गे फाइदा उठाउन सकिनेछ। जुझारू क्रियाकलापले धेरैलाई क्रियाशील बनाउन सकिनेछ। नयाँ काम प्रारम्भ हुनेछ। रमाइलो यात्राका बीच महत्त्वपूर्ण भेटघाट हुने सम्भावना छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय अनुकुल बन्नेछ । पहिलेदेखि रोकिएको काम पनि बन्नेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। व्यापारमा फाइदा हुनुका साथै मनग्गे धनलाभ हुनेछ। केही खर्च लागे पनि व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने समय छ। काम बिग्रने भयले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। सद्विचारले प्रेरित हुनेहरूलाई परिस्थिति अनुकूलै रहनेछ। अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक समस्याले सताउन सक्छ। काममा अवसरवादीहरूबाट सजग रहनुपर्ला। शुभचिन्तकहरू टाढा हुनाले दुःख पाइनेछ। अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। प्रेम र मित्रताको सम्बन्ध प्रगाढ बन्दै जानेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक रूपमा मनग्गे फाइदा हुनेछ। जुझारू कार्यशैलीले विशेष अवसर दिलाउनेछ भने पुरुषार्थ देखाएरै लाभ हातपार्न सकिनेछ। सहयोगीहरूले साथ दिनेछन्। तर बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभचिन्तकहरूको सहयोग जुट्नाले चिताएको काम सम्पादन हुनेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। साथीभाइको सहयोगले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्थिति अनुकूल हुनुका साथै पहिलेको अवस्थामा सुधार आउनेछ। आफ्नो समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले दाम, नाम र इनाम दिलाउन सक्छ। अभिव्यक्ति कलामा निखारता आउनेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
फजुल खर्चका बीच कामको बोझ बढ्न सक्छ। आफन्तहरू पनि टाढा हुनेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। सहयोगीहरू फेला पर्नेछन्।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ। मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ।

प्रकाशित : 17 April, 2022

प्रतिक्रिया दिनुहोस्