स्थानीय तहलाई वातावरणीय संरक्षणमा काम गर्न सरकारको निर्देशन

सहयात्रा टिभी

काठमाडौं । सरकारले देशभरका सबै ७ सय ५३ वटै स्थानीय तहलाई वातावरणीय संरक्षणमा तदारुकताका साथ काम गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वातावरण संरक्षणका लागि तत्कालीन र दीर्घकालिन रुपमा गर्नुपर्ने काम एवम् प्रदूषण नियन्त्रणका लागि १० बुँदे परिपत्र जारी गर्दै स्थानीय तहलाई पत्राचार गरेको हो ।

पत्रमा सवारी साधनबाट निस्कने धुवाँ व्यवस्थापन गर्ने काममा पनि स्थानीय सरकारकै जिम्मेवारी भएको उल्लेख गरिएको छ । वातावरणीय प्रदूषणबाट हुने असर कम गर्न जनचेतना फैलाउने, वातावरण प्रदूषणबाट स्वास्थ्यमा नोक्सानी पुग्ने व्यक्तिको निःशुल्क उपचारको व्यवस्था गर्ने, शहरी क्षेत्रका प्रत्येक घरमा वृक्षारोपण गर्न प्रेरित गर्ने र सडक किनारका सरकारी भवन तथा खाली जग्गामा अनिवार्य वृक्षारोपण गराउन पत्राचार गरिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । यस्तै फोहरमैला व्यवस्थापन पनि अब गाउँपालिका-नगरपालिकाबाटै गर्नुपर्ने छ । उक्त निर्देशन सर्वोच्च अदालतको फैसला अनुसार परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 16 September, 2017

प्रतिक्रिया दिनुहोस्