संघीयतामा गयो सेना, सात प्रदेशमा एक–एक र काठमाडौंमा एक गरि आठ पृतना

सहयात्रा टिभी

काठमाडौं । मुलुक संघीयतामा गएसँगै संघीय संरचनाअनुसार नेपाली सेनाले पनि आफ्नो पृतना विस्तार गरेको छ । सेनाले हालै मात्र दुई पृतना थपेको छ । विगतमा पाँच विकास क्षेत्रमा एक–एक र काठमाडौं उपत्यकामा एउटा गरी ६ पृतना रहेकामा सेनाले सात प्रदेशमा एक–एक र काठमाडौं उपत्यकामा एक गरी आठ पुर्याइको छ ।

‘सेनाको पछिल्लो पुनः संरचना र मुलुकको आवश्यकताका आधारमा सरकारले गरेको निर्णयबमोजिम आठ पृतना अहिले विद्यमान छन् । थपिएका दुई पृतनाले पनि आफ्नो जिम्मेवारी सुरु गरिसकेका छन्’, नेपाली सेनाका प्रवक्ता सहायकरथि झंकरबहादुर कडायतले भने । सेनाले प्रदेश नं. २ र ५ हेर्नेगरी दुई पृतना थपेको छ । प्रदेश नं. २ को पृतनालाई मध्यपूर्वी पृतना भनिएको छ भने ५ नं. को पृतनालाई मध्यपश्चिम नामांकन गरिएको छ । उत्तरपश्चिम पृतनाको मुख्यालय सुर्खेतमा रहेको छ ।

प्रकाशित : 16 September, 2017

प्रतिक्रिया दिनुहोस्