काठमाडौं उपत्यकाका २१ पालिकामध्ये १७ मा निर्वाचन अधिकृत महिला

सहयात्रा टिभी

काठमाडौं। वैशाख ७, निर्वाचन आयोगले सोमबार र मंगलबार धुलिखेलमा निर्वाचन अधिकृत र निर्वाचन अधिकारीका लागि तालिम आयोजना गरेको थियो ।

 

वाग्मती प्रदेशका पालिकामा निर्वाचन गराउने अधिकारीहरू तालिममा सहभागी थिए । आयोगले उपत्यकामा महिलालाई प्राथमिकता दिएर निर्वाचन अधिकृत बनाएकामा राम्रो लागेको उनले बताए । आयोगले काठमाडौं उपत्यकाभित्रको २१ पालिकामध्ये १७ वटामा महिलालाई नै निर्वाचन अधिकृत खटाएको छ । पोखरेल भने ललितपुरको वाग्मती गाउँपालिकामा खटिएका छन् ।

आयोगका अनुसार काठमाडौंको शंकरापुरमा सीता निरौला फुयाल, कागेश्वरी मनोहरामा कानुन मन्त्रालयकी शारदा राउत, कीर्तिपुर नगरपालिकामा कम्पनी रजिस्ट्रार कार्यालयकी कमला घिमिरे, गोकर्णेश्वरमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागकी रञ्जु गौतम, चन्द्रागिरिमा वाणिज्यकै सिर्जना थपलियालाई जिम्मेवारी दिइएको छ ।

टोखा नगरपालिकामा महान्यायाधिवक्ता कार्यालयकी सविता शर्मा, तारकेश्वरमा अख्तियारकी चपला पोखरेल, दक्षिणकालीमा उच्च अदालत पाटनकी अमृताकुमारी शर्मा, नागार्जुनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी पार्वती अर्याल र बूढानीलकण्ठमा राष्ट्रिय महिला आयोगकी चमिला भट्टराईलाई खटाइएको छ ।

 

प्रकाशित : 20 April, 2022

प्रतिक्रिया दिनुहोस्