सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखाःमाकलबारी

काठमाडौं। वैशाख ७, सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा वैशाख ७ गतेदेखि काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ८ जोरपाटी माकलवारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकका संचालक समिति सदस्य मनबहादुर राईले माकलवारी शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन्।