ताप्लेजुङका एक निर्वाचन अधिकृत हटाइए
सहयात्रा टिभी
काठमाडौं। वैशाख १३, निर्वाचन आयोगले उम्मेदवारी दर्ताकै अन्तिम दिन ताप्लेजुङमा निर्वाचन अधिकृत हेरफेर गरेको छ।

आयोगको सोमबार बसेको बैठकले पाथिभरा याङवरक गाउँपालिकाका निर्वाचन अधिकृत युवराज महतलाई हटाउने निर्णय गरेको हो।
उनको स्थानमा महालेखा नियन्त्रकको कार्यालयका छविन्द्र वेल्वासेलाई खटाउने निर्णय भएको छ। वेलवासे हाजिर भएपछि बरबुझारथ गरेर महत जिम्मेवारी मुक्त हुने आयोगले जनाएको छ।


