कांग्रेस एक्लैले संकल्प पत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं। वैशाख १५, गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसबाट सिर्जना सिंह उम्मेदवार बनेकी छन्।
मेयरकी उम्मेदवार सिंहले आज संकल्प पत्र सार्वजनिक गर्न कार्यक्रम आयोजना गरेको हो। काठमाडौं महानगरपालिकामा उपमेयर एकीकृत समाजवादीको भागमा परेको छ। एकीकृत समाजवादीबाट रामेश्वर श्रेष्ठले उपमेयरमा उम्मेदवारी दिएका छन्।
स्थानीय तह निर्वाचनको घोषणापत्रलाई कांग्रेसले संकल्प पत्रको नाम दिएको छ। चुनावी संकल्पमा शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाका कार्यक्रममा जोड दिइने बताइएको छ। ‘प्रत्येक नागरिकको जन्मदेखि मृत्युसम्म सामाजिक सुरक्षाका दृष्टिकोणले राज्यले बहन गर्नुपर्ने दायित्व’ भएको कांग्रेसको ठहर छ।
कृषिको बजारीकरणमा जोड दिने र कृषि सामग्रीको निर्यात प्रबद्र्धन गर्ने कांग्रेसको संकल्पपत्रमा उल्लेख छ। कार्यक्रममा महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत लगाएको सहभागिता रहेको छ।