केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ज्याकलिनको ७ करोडको सम्पत्ति जफत

सहयात्रा टिभी

काठमाडौं। वैशाख १८, बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको ७ करोड २७ लाख भारु जफत भएको छ।

मनी लन्ड्रिङ केसमा छानबिनको क्रममा रहेकी उनको प्रवर्तन निर्देशनालय इडीले उक्त रकम जफत गरेको हो।

ठगी केसमा दोषी पाइएका सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण ज्याकलिन पनि उक्त केशमा मुछिएकी थिइन्।

चन्द्रशेखरले ज्याकलिनलाई दिएको महँगा उपहारहरू ठगी गरिएको रकमबाट खर्च भएको पुष्टि भएपछि ज्याकलिनमाथि छानबिन कडा भएको थियो। यसकै कारण महिनौँदेखि सोधपुछका लागि ज्याकलिन प्रवर्तन निर्देशनालयको कार्यालय धाइरहेकी थिइन्।

गत वर्ष अगस्ट र अक्टोबरमा इडी कार्यालयमा दिएको बयानमा आफ्ना महँगा ब्याग, इयर रिङ, ब्रासलेटहरू चन्द्रशेखरले उपहारमा दिएको बताएकी थिइन्। चन्द्रशेखरमाथि फोर्टिस हेल्थकेयरका पूर्व प्रमोटर शिविन्दर मोहन सिंहकी पत्नी अदिती सिंह लगायतका धेरै हाइ प्रोफाइल व्यक्तिहरूलाई ठगेको आरोप छ।

प्रकाशित : 1 May, 2022

प्रतिक्रिया दिनुहोस्