जनचेतना जगाउन निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं। वैशाख २१, राजधानीको भण्डारखालमा आँखा, नाक, कान र घाँटीको निःशुल्क शिविर संचालन गरिएको छ ।
हायर मी सर्भिसले मंगलबार बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म निस् शुल्क शिविर सेवा संचालन गरेको हो ।
हायर मी सर्भिसका प्रबन्ध निर्देशक लक्ष्मण जोशीका अनुसार स्वास्थ्य सम्बन्धि जानकारी र जनचेतना जगाउन शिविर संचालन गरिएको हो ।
शिविरमा राजधानीका स्थानीय, मजदुर, विद्यार्थी, जेष्ठ नागरिक, महिला, युवाका साथै पशुपति विकास कोषका कर्मचारी र नेपाल प्रहरीका कर्मचारीले पनि जाँच गराएको सिनियरकोओडिनेटरले जानकारी दिए । शिविरमा दुई सय ५ जनाले आँखा, नाक, कान र घाँटीको जाँच गराएका छन् ।