केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विदेशी पर्यटक बढे

सहयात्रा टिभी

काठमाडौं। वैशाख २१, कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र तग्रिँदै गएको छ।

सन् २०२२ को पहिलो चौमासिकमा पर्यटक आवागमन अघिल्लो वर्षको सोही अवधिभन्दा १६० प्रतिशतले बढेको छ।

अप्रिलमा मात्रै हवाइमार्गबाट ५८ हजार ३ सय पर्यटक नेपाल भित्रिएका छन्। यो सन् २०१९ को तुलनामा ५३ प्रतिशत बढी हो।

कोभिड महामारी नियन्त्रणतिर जानु, करिब ९० प्रतिशत नेपालीले कोरोनाविरुद्धको खोप लगाइसक्नु जस्ता कारणले गर्दा पर्यटनमा सुधार भएको पर्यटन बोर्डले जनाएको छ।

प्रकाशित : 4 May, 2022

प्रतिक्रिया दिनुहोस्