हरेक गीतलाई पहिलो मानेर संगीत भर्छुःराजु सिंह

काठमाडौं। वैशाख २५, राजु सिह तीन दशकदेखि नेपाली सुगम संगीतमा जमेको नाम हो।
२०४८ सालमा प्रतिबिम्ब ब्यान्डमार्फत संगीतकारको रुपमा सांगीतिक करिअर शुरु गरेका राजुले सुगम संगीतका साथमा फिल्मी, लोक पप, भजनलगायत करिब १५ सय गीतमा संगीत भरेका छन् ।
भने ३५ थान आफ्नै एल्बम बजारमा ल्याइसकेका छन्। रित्तो सडकमा, नजरको दोषी, झुमी–झुमी कता हिँडेको, मेरो साथ बिताएका, वचन तोडे कसमै तोडे, छुरा चलाइराख, बादलहरू हो ।
काँडा हो माया, बिर्सी जाने उनीलाईलगायत दर्जनौं लोकप्रिय गीतमा संगीत भरेका राजुले केही गीतमा संगीत संयोजन, विभिन्न सांगीतिक कार्यक्रमको संगीत निर्देशन, विभिन्न रेडियो र टेलिभिजनका लागि जिंगल तथा धुनको सिर्जना गर्दै आइका छन्।