बर्डफ्लु,फैलियो

काठमाडौं। वैशाख २६, चितवनमा यतिबेला बर्डफ्लुका कारण कुखुरापालन व्यवसायमा सन्त्रास छाएको छ ।
गत माघमा पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु यतिबेला जिल्लाभर फैलिएको छ ।
केही समययता फैलिएको बर्डफ्लुका कारण हजारौँ कुखुरा नष्ट गरिएको छ भने सयौँ खोर खाली भएका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका सूचना अधिकारी डा. प्रभास न्यौपानेका अनुसार अस्पतालको समन्वयमा हालसम्म झन्डै तीन लाखको हाराहारीमा कुखुरा नष्ट गरिएको छ भने छ टनभन्दा बढी दाना, दुई लाखभन्दा बढी अण्डासमेत नष्ट गरिएको छ ।