अब १० कित्ता भन्दा कम शेयर टुक्राएर बिक्री गर्न नपाइने
सहयात्रा टिभी
काठमाडौं। वैशाख २६, अबदेखि १० कित्ता भन्दा कम शेयर टुक्राएर बिक्री गर्न नपाइने भएको छ ।
नेप्सेले सबै धितोपत्र कम्पनीहरूलाई एक निर्देशन जारी गर्दै न्यूनतम कारोबार १० कित्ता हुनुपर्ने उल्लेख गर्दै यसअघि नै टुक्रा भइसकेको बाहेकका शेयरहरु १० कित्ता भन्दा कम हुने गरी टुक्राउन नपाउने व्यवस्था लागू गर्न निर्देशन दिएको हो ।
धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम ९५० को उपविनियम एकमा कारोबार हुने धितोपत्र शेयर वा सामूहिक लगानी प्रयोजनको इकाई भएमा अंकित मूल्य १० भएमा १०० कित्ता र अंकित मूल्य १०० भएमा १० कित्ता कारोबार हुने व्यवस्था रहेको जनाउँदै नेप्सेले उक्त व्यवस्थाको इमान्दारपूर्वक कार्यान्वयन गर्न निर्देशन दिएको छ ।