जेभियर र नाथमलाई उपाधि

सहयात्रा टिभी

काठमाडौं। वैशाख २७, जेभियर इन्टरनेसनल कलेज र नाथमले पाँचौँ नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् ।

जेभियर पुरुष र नाथम महिलामा च्याम्पियन बने । पुरुषतर्फको फाइनलमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ७९.५५ ले पराजित गर्दै उपाधि रक्षा गर्‍यो ।

जेभियरका रवि पौडेलले १७ स्कोरको योगदान गरे । जेभियर लगातार पाँचौँपटक च्याम्पियन बनेको हो ।

उपाधिसँगै जेभियरले ५० हजार र उपविजेता गोल्डेनगेटले ३० हजार रुपैयाँ प्राप्त गरे ।

महिलातर्फको उपाधि भिडन्तमा नाथमले शुभश्रीलाई ३२.७ ले हरायो । नाथमकी झरना बज्राचार्यले फाइनलमा सर्वाधिक १३ स्कोर गरेकी थिइन् ।

प्रकाशित : 10 May, 2022

प्रतिक्रिया दिनुहोस्