विदेश भ्रमणमा जान ज्याक्लिनले मागिन् अदालतसँग अनुमति

काठमाडौं। वैशाख ३१, जेठ १४ गते नेपालमा हुने ‘द ब्याङ रिलोडेड टुर’का लागि नेपाल आउन लागेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले भारत सरकारसँग अन्तराष्ट्रिय भ्रमणका लागि अनुमति मागेकी छन्।
उनले दिल्लीको एक अदालतमा निवेदन दिँदै १५ दिनका लागि विदेश यात्रामा जान अनुमति मागेकी हुन्।
ज्याकलिनले केही समयअघि देखि २ सय करोड भारतीय रुपैयाँ मनी लन्ड्रिङ गरेको मुद्दा खेपिरहेकी छिन्।
सुकेश चन्द्रशेखर नामक एक व्यक्तिसँग उनको नाम जोडिएसँगै भारतको प्रवर्तन निर्देशनालय ईडीले उनीविरुद्ध मुद्दा चलाइरहेको छ। यसबीच आफूविरुद्ध मुद्दा चलिरहेका कारण ज्याकलिन देशबाहिर जान नमिल्ने भएको छ।