६ महिनापछि बालबालिकालाई थप खाना खुवाउँदा ध्यान दिनु पर्ने कुरा

काठमाडौं। ज्येष्ठ १, बालबालिका ६ महिना पूरा भएपछि चाहिने सबै पोषक तत्वहरू आमाको दूधबाट मात्र नपुग्ने भएकाले आमाको दूधको साथै थप खाना खुवाउनु पर्छ।
-थप खाना खुवाउँदा बालबालिकाको उमेर, पटक, मात्रा, बाक्लोपन, सरसफाई र सक्रियता समेतमा ध्यान दिनु पर्छ।
-६ देखि ९ महिनासम्मका बालबालिकालाई आमाको दूधका साथै दिनमा ३ पटक थप खाना खुवाउनु पर्दछ। खाना शुरु गर्दा २ देखि ३ चम्चाबाट शुरु गर्नु पर्दछ र बिस्तारै एकपटकमा १ चिया गिलास वा कचौरा ९१२५ मि.लि बराबरसम्म खुवाउनु पर्दछ।
-९ देखि १२ महिनाको बालबालिकालाई आमाको दूधका साथै दिनमा ३ पटक पूरक वा थप खाना र एक पटक खाजा खुवाउनु पर्दछ।
-खाजामा केरा, अण्डा जस्ता खानेकुरालाई समावेश गर्नु पर्दछ।। थप खाना हरेकपटकमा १ चिया गिलास वा कचौरा ९१२५ मि.लि बराबर खुवाउनु पर्छ।
-१२ देखि २४ महिनाको बालबालिकालाई आमाको दूधका साथै दिनमा ३ पटक पूरक खाना र २ पटक खाजा खुवाउनु पर्दछ। हरेक पटकमा -२ चिया गिलास वा कचौरा ९२५० मि.लि० बराबर खुवाउनु पर्दछ।बालबालिका ६ महिना पूरा भएपछि चाहिने सबै पोषक तत्वहरू आमाको -दूधबाट मात्र नपुग्ने भएकाले आमाको दूधको साथै थप खाना खुवाउनु पर्छ। थप खाना खुवाउँदा बालबालिकाको उमेर, पटक, मात्रा, बाक्लोपन, सरसफाई र सक्रियता समेतमा ध्यान दिनु पर्छ।
–