केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महजोडीले गरे विश्वज्योति मल्टिप्लेक्स शुभारम्भ

सहयात्रा टिभी

काठमाडौं। ज्येष्ठ ३, फिल्म प्रदर्शनको इतिहास बोकेको जमलस्थित विश्वज्योति हल शुक्रबारदेखि नयाँ स्वरुपमा संचालनमा आउने भएको छ ।

सोमबार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विश्वज्योति मल्टिप्लेक्सको शुभारम्भ गरे ।

भूकम्पपछि जीर्ण बनेको पुरानो हललाई २०७१ सालमा भत्काइएको थियो । पुरानो हलकै आडमा बनेको नयाँ मल्टिप्लेक्सको माथिल्लो तलामा हल खुलेको हो ।

विश्वज्योति मल्टिप्लेक्समा २०१ र ८९ सिट क्षमताका दुई अडिटोरियम छन् । थ्रीडी र अत्याधुनिक प्रविधि जडान गरिएको हल सुविधासम्पन्न छ । शुभारम्भ समारोहमा बोल्दै संचालक मोहन सर्राफले दर्शकको सुविधालाई ध्यानमा राखेर हल संचालनमा ल्याउन लागिएको बताए ।

प्रकाशित : 17 May, 2022

प्रतिक्रिया दिनुहोस्