‘पासो’को ट्रेलर सार्वजनिक

काठमाण्डौ । ज्येष्ठ ८, आरबी पुनको निर्देशनमा बनेको फिल्म ‘पासो’को ट्रेलर सार्वजनिक भएको छ। रिस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर शनिबार सार्वजनिक गरिएको हो।
महिला हिंसा र त्यसपछिको बदलाको कथा समेटिएको यो फिल्मलाई निर्देशक पुनले नै लेखेका छन्।
फिल्ममा मुख्य भूमिकामा देखिएकी रिस्ता महिला हिंसाको पीडित भएको र त्यसपछि बदला लिँदाको कथालाई देखाइएको छ।
फिल्ममा रिस्तासँगै सुनिषा बजगाई, रामकुमार बास्ताकोटी, प्रतिक दुलाल र प्रनव आकाशको अभिनय रहेको छ। फिल्ममा सूर्य दयालीले संगीत दिएका छन् भने अञ्जु पन्त र प्रविण भेडवालले फिल्मका गीत गाएका छन्। फिल्मको पाश्व संगीत एलिस कार्कीको रहेको छ।
निर्देशक पुनकै कथा, पटकथा र संवाद रहेको फिल्मलाई भगवान भुजेलको लगानीमा निर्माण गरेका छन्। फिल्मको सिनेमेटोग्राफी उत्तम हुमागाईंको रहेको छ । फिल्ममा भुपेन्द्र अधिकारीको सम्पादन र रेनिस फागोको रंग संयोजन रहेको छ ।