केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौं आफै बसन्त बोलाउँछ

सहयात्रा टिभी

काठमाण्डौ । ज्येष्ठ ९, देशको संघीय राजधानी काठमाडौं सधैँ हतारमा देखिन्छ।

देशैभरका मानिसहरू पढाइ, लेखाइ, रोजगारीको खोजीमा भौतारिँदै यहीँ आइपुग्छन्।

यहाँ हतारोसँगै बेथिति पनि दौडिरहेको हुन्छ। शहरको बेथिति र हतारोको दौडमा मानिसको दैनिक जीवन मात्रै होइन पर्यावरण पनि चपेटामा पर्ने नै भयो।

त्यही चपेटामा परेको काठमाडौंलाई सम्झिँदा धेरैको मनसपटलमा सबैभन्दा पहिले आउने दृश्य हो(धूलो, धुवाँ र उराठलाग्दो वातावरण।

तर विस्तारै अब भने काठमाडौंले स्वरूप बदल्दै छ। चिल्ला सडक बिछाएको छ काठमाडौंले। धूलो धूवाँ पनि केही वर्षअघिको जस्तो छैन। विस्तारै आफ्नो मुहार फेर्दैछ ।

चिल्ला फराकिला सडक किनारमा गाउँ सम्झाउने हरिया रूखहरू स्वागतमा उभिएको देखिन्छ।

तिनमा फुलेर बसेका पँहेला, हरिया, राता, बैजनी फूलहरूले काठमाडौं झन् सुन्दर बन्दै गएको छ। पहिले मोफसलका तस्वीरमा हेरेर बसन्तको हरियाली महशुस गर्ने काठमाडौं अब आफै बसन्त बोलाउन थालेको छ।

प्रकाशित : 23 May, 2022

प्रतिक्रिया दिनुहोस्