कमेडी ‘हब’ ल्याउदै माग्ने बुढा

काठमाण्डौ । ज्येष्ठ १०, माग्ने बुढाको उपनामले परिचित केदारप्रसाद घिमिरेले ‘कमेडी हब’ नामक शो ल्याउने भएका छन् ।
उनको निर्देशन रहने स्ट्याण्डअप कमेडी टेलिभिजन शो ‘कमेडी हब’ बुधबारदेखि प्रसारण हुने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कमेडी हबले माग्ने बुढा र राजा राजेन्द्रसँग सहकार्य गरेको छ । कमेडी च्याम्पियन हिमेश पन्तसहितका १८ कमेडियनले स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने भएका छन् । कार्यक्रममा नाटक, प्रहसन, स्ट्याण्डअप, प्यारोडी, हास्यकविता समेटिने जनाइएको छ ।