सुनिता डंगोलले ६० हजार मत पाउँदा गठबन्धनका उम्मेदवारको २० हजार मात्रै
 सहयात्रा टिभी
            सहयात्रा टिभी
		काठमाण्डौ । ज्येष्ठ ११, काठमाडौं महानगरको उप्रमुखमा नेकपा एमालेका उम्मेदवार सुनिता डंगोलले ६० हजार मत कटाएकी छन्।

निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले केहीबेर अघि सार्वजनिक गरेको मतपरिणाम अनुसार सुनिताले ६० हजार ६७५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २० हजार ६ सय ८६ मत पाएका छन्।
काठमाडौं महानगरमा अब २२ हजार मत गन्न बाँकी रहेको छ।


