केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फाप्ला क्रिकेट मैदानको निर्माण सुरु

सहयात्रा टिभी

काठमाण्डौ । ज्येष्ठ ११, धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान आर्थिक अभावका कारण निर्माणमा रोकिएको थियो ।

उक्त रंगशाला निमार्णको बाँकी कामलाई टुङ्गोमा पुर्याउन नेपाल सरकारले समन्वय र सहजीकरण गर्ने बताइएको छ ।

संघीय संसदका दुवै सदनलाई संयुक्त बैठकमा राष्ट्रपति विधादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उक्त प्रतिबद्धता जाहेर गरेकी हुन् । त्यस्तै धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण सुरु गरिने बताइएको छ ।

प्रदेश स्तरमा रंगशाला निर्माणको कामलाई पनि निरन्तरता दिइनेदिइएको छ। यसैगरी गैडाकोटमा बीपी कोइराला खेल ग्राम निर्माण गरिने छ भने फाप्ला क्रिकेट मैदानको विषयलाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

सरकारले प्रत्येक प्रदेशमा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्दै जाने नीति पनि लिएको छ । त्यस्तै गैडाकोटमा विपी कोइराला खेल ग्राम निर्माण गरिने बताइएको छ ।

सबै स्थानीय तहमा खेल ग्राम निर्माण गरिँदै लाने नीतिलाई पनि सरकारले निरन्तरता दिएको छ ।

प्रकाशित : 25 May, 2022

प्रतिक्रिया दिनुहोस्