आईपीएलको फाइनल आज, गुजरात र राजस्थान भिड्दै


काठमाडौँ । जेठ १५, इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ ।
अहमदाबादमा हुने आईपीएलको फाइनलमा राति ८ : १५ बजे गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
नवप्रवेशी टोली गुजरात पहिलो सहभागितामै फाइनल पुगेको हो। गुजरात पहिलो सहभागितामै उपाधि उचाल्न चाहन्छ।
यता, राजस्थान पनि गुजरातलाई हराएर उपाधि जित्न चाहन्छ । गुजरात दोस्रो पटक आईपीएलको उपाधि उचाल्ने योजनामा रहेको छ । राजस्थानले पहिलो संस्करणको उपाधि जितेको थियो ।
पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई ७ विकेटले हराएर फाइनल पुगेको हो । तर, दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै राजस्थानले पुन: गुजरातसँग भेट पक्का गरेको हो ।
राजस्थान आज गुजरातविरुद्ध क्वालिफायरमा व्यहोरेको हारको बदला लिन चाहन्छ । गुजरात भने यस सिजन राजस्थानमाथि लगातार तेस्रो जित निकाल्दै उपाधि उचाल्न चाहन्छ ।