दुर्घटनाग्रस्त विमान भएको ठाउँमा पुग्यो उद्धार टोली

सहयात्रा टिभी

काठमाडौँ । जेठ १६, मुस्ताङको थासाङ गाउँपालिका २ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको विमानमा सवारको शव संकलन सुरु भएको छ।

नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले उद्धार टोली घटना स्थलमा पुगेको र उद्धार कार्य जारी रहेको जनाकारी दिए।

कर्णले थाहाखबरसँग भने, ‘उद्धार टोली घटनास्थलमा पुगेको छ, एकदमै भिरालो भएकोले शव यत्रतत्र छरिएकाले शव संकलन कार्य भइरहेको छ।’

विमानमा आगो नलागेको हुनाले कोहि जिवितै हुनसक्ने आशंका रहेको पनि बताए। ​

प्रकाशित : 30 May, 2022

प्रतिक्रिया दिनुहोस्